आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

छोराले रक्सी चोरेको आरोप पुष्टि गर्न नसके अदालत जाने : कांग्रेस सहमहामन्त्री महेन्द्र यादव

छोराले रक्सी चोरेको आरोप पुष्टि गर्न नसके अदालत जाने : कांग्रेस सहमहामन्त्री महेन्द्र यादव

  • मिडिया डबली डेक्स
  • आइतवार, बैशाख १४ २०८२

  • 2.2K
    SHARES

  • छोराले रक्सी चोरेको आरोप पुष्टि गर्न नसके अदालत जाने :  कांग्रेस सहमहामन्त्री महेन्द्र यादव

    जनकपुरधाम । नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवले आफू र आफ्नो पार्टीलाई लक्षित गर्दै राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले लगाएको आरोप पुष्टि गर्न चुनौती दिएका छन्

    नेपाली कांग्रेस धनुषा पार्टी कार्यालयमा आइतबार पत्रकार सम्मेलन गर्दै सहमहामन्त्री यादवले भाटभटेनी लुटपाटमा संलग्न सहमहामन्त्रीको छोराको नाम र तस्वीर सार्वजनिक गर्न राप्रपा अध्यक्ष लिङ्देनलाई चुनौतीसमेत दिए।

    उनले भने, 'चैत १५ गते भाटभटेनी लुटपाटमा कुन सहमहामन्त्रीको छोरा थियो? तस्वीर सार्वजनिक गर्नुस्। होइन भने हामी सहमहान्त्रीहरु तपाईविरुद्ध अदालत जान्छौँ।'

    गएको शुक्रबार राप्रपा अध्यक्ष लिङदेनले प्रतिनिधिसभामा आफ्नो धारणा राख्दै भाटभटेनीमा कांग्रेसका सहमहामन्त्रीको छोरा पनि पक्राउ परेको दाबी गरेका थिए।

    गृहमन्त्रीको ठाडो आदेशमा सहमहामन्त्रीका छोरालाई तत्काल छाडेको भनेर प्रतिनिधिसभामा बताएका थिए। उनले राखेको अभिव्यक्तिको केहीबेर नबित्दै केही मिडियाहरुले सहमहामन्त्री यादवको छोरा मुकेश यादव पनि भाटभटेनी लुटपाटमा पक्राउ परेको भनेर खबर प्रकाशित गरेका थिए।

    नेता यादवका दुई सन्तान मात्र छन्। डा आकाश यादव र डा विकास यादव। मानसिक तनाव र यसले गर्दा आफ्नो चरित्र हत्या भएको भन्दै सहमहामन्त्री यादवले लिङ्दनविरुद्ध अदालत जाने पत्रकार सम्मेलन जानकारी गराए।

    उनले प्रतिनिधिसभामा गलत सूचना दिएर प्रतिनिधिसभा र जनतालाई भ्रमित गर्ने प्रयास गरेको नेता यादवले थपे। दुनियामा कतै नरहेको आदर्श र एजेण्डा लिएर राप्रपाले जनतालाई भ्रमित पार्न खोजेको आरोप सहमहामन्त्री यादवको छ।

    लिङदेनको अभिव्यक्तिविरुद्ध नेपाली कांग्रेसले मधेश प्रदेशका आठै जिल्लामा आज प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने भएको छ। यसअघि उनको विरोधमा धनुषाका कांग्रेसी कार्यकर्ताले हिजो मात्र जनकपुरधाम महेन्द्रनगर सडकखण्डको धनुषाको  लक्ष्मीनियाँ बजारस्थित चक्काजाम गरेर लिङदेनको पुतला जलाएका थिए।

    पत्रकार सम्मेलनमा प्रदेशसभा सदस्य राम सरोज यादव, कुमर कान्त झा, जिल्ला सभापति योगेन्द्र पन्जियार, प्रदेश समिति सदस्य जिबनाथ चौधरी,राज किशोर यादव, बजरंग यादव लगायतका उपस्थिति थिए।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, बैशाख १४ २०८२०१:२२:१०

    मिडिया डबली डेक्स

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend