आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

भारतले बंगलादेशी आप्रवासीविरुद्ध कारबाही अभियान थाल्यो, गुजरातमा ५ सय जना समातिए

भारतले बंगलादेशी आप्रवासीविरुद्ध कारबाही अभियान थाल्यो, गुजरातमा ५ सय जना समातिए

  • एजेन्सी
  • आइतवार, बैशाख १४ २०८२

  • 1.1K
    SHARES

  • भारतले बंगलादेशी आप्रवासीविरुद्ध कारबाही अभियान थाल्यो, गुजरातमा ५ सय जना समातिए

    काठमाडौं । भारतले बंगलादेशी आप्रवासीविरुद्ध कारबाही अभियान चलाएको छ। 

    गुजरातका विभिन्न ठाउँबाट ठूलो संख्यामा बंगलादेशी नागरिकहरु पक्राउ परेका छन्। अवैध बंगलादेशी आप्रवासीहरुको पहिचान गर्न विशेष अभियान सञ्चालन गरिएको गुजरात प्रहरीले जनाएको छ। यो अभियानमा ५ सयभन्दा बढीलाई नियन्त्रणमा लिइसकेको र त्यसमध्ये कम्तीमा ५ जना चाँहि अवैध रुपमा बसिरहेको पाइएको प्रहरीको भनाइ छ। 

    राजकोट प्रहरीले गुजरातमा अवैध रूपमा बसोबास गरिरहेका बंगलादेशी आप्रवासीको पहिचान गरी डिपोर्ट गर्ने प्रक्रिया सुरु गरिएको जनाएको छ।  जम्मु–कश्मीरमा २७ जनाको ज्यान जाने गरी भएको आतंकवादी आक्रमणपछि गुजरातमा सुरु भएको यो अभियानमा प्रहरीले ८ सयभन्दा बढीलाई अनुसन्धानको दायरामा ल्याएको छ। 

    जसमा बंगलादेशसहित विभिन्न देशका १० जनाभन्दा बढी अवैध आप्रवासी भेटिएका छन्। प्रहरीले मुख्यरुपमा पाकिस्तानी नागरिकको खोजीका क्रममा बंगलादेशीहरुमाथि पनि अनुसन्धान जारी राखेको समाचारमा जनाइएको छ। 

    जम्मु कश्मीरको पहलगाममा भएको आतंकवादी आक्रमणमा पाकितास्तानको हात रहेको भारतको ठम्याई छ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, बैशाख १४ २०८२०९:३५:५०

    एजेन्सी

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend