काठमाडौँ । काठमाडौँमा जारी शिक्षक आन्दोलनका क्रममा शिक्षकमाथि शिक्षकले नै कुटपिट गरेका छन्।
शनिवार दिउँसो बिजुलीबजारमा प्रदर्शनका क्रममा कैलालीको धनगडी उपमहानगरपालिका–१ का ५४ वर्षीय केशवराज जोशीमाथि कुटपिट भएको हो। उक्त घटनाको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएको छ।
उनी कैलालीको धनगढी–१२ स्थित दुर्गा आधारभुत माध्यमित विद्यालयका शिक्षक हुन्। काठमाडौँ प्रहरीका अनुसार उनी पनि आन्दोलनमा सहभागी भएका शिक्षक हुन्।
काठमाडौँ प्रहरीका प्रवक्ता अपीलराज बोहराका अनुसार उनलाई तत्कालै प्रहरीले छुटाएरा लगेको सार्वजनिक भिडिओमा देखिएको छ। आपसी विवादमा घटना भएको सुनिएको र घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।