काठमाण्डौ । सुनसरीको बराहक्षेत्रबाट एक सय ७७ किलो गाँजासहित दुई जना पक्राउ परेका छन् ।
प्रहरीले सुनसरीको बराहक्षेत्र नगरपालिका–१ बराहक्षेत्र मन्दिर नजिकैबाट सिलमारा बस्ने ३० वर्षीय दिपक राई र धनकुटाको शहिदभूमि गाउँपालिका–१ छिन्ताङ्ग बस्ने ५७ वर्षीय धनबहादुर राईलाई गाँजासहित पक्राउ गरेको हो ।
झाडीमा लुकाइ राखेको अनि अर्को ठाउँमा लैजान तयारी भइरहेको अवस्थामा गाँजासहित उनीहरुलाई सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश चतराबाट खटिएको सुरक्षा टोलीले पक्राउ गरेको हो ।
उनीहरुलाई बरामद गाँजासहित आवश्यक अनुसन्धानको लागि सम्बन्धित निकायमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।