सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

विना निष्कर्ष टुंगियो सरकार र आन्दोलनरत शिक्षकहरुको वार्ता

विना निष्कर्ष टुंगियो सरकार र आन्दोलनरत शिक्षकहरुको वार्ता

  • मिडिया डबली डेक्स
  • शनिवार, बैशाख १३ २०८२

  • 729
    SHARES

  • विना निष्कर्ष टुंगियो सरकार र आन्दोलनरत शिक्षकहरुको वार्ता

    काठमाडौं । सरकार र आन्दोलनरत शिक्षकबीचको वार्ता सकिएको छ। सिंहदरबारस्थितशिक्षा मन्त्रालयमा शनिबार बिहान भएको वार्ता कुनै निष्कर्षमा नपुगी टुंगिएको हो।

    वार्तामा सहभागी नेपाल शिक्षक महासंघका प्रतिनिधिले आफ्ना सबै माग पूरा हुनुपर्ने अडान सरकारसँग राखेपछि निष्कर्ष ननिस्किएको बताइएको छ।

    वार्ता गरी निस्कने क्रममा महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले आजको वार्ता सफल भएको र वार्तालाई निरन्तरता दिने निर्णय भएको प्रतिक्रिया दिए। तर अर्को वार्ताको समय टुंगो लागिनसकेको उनले बताए। वार्तासँगै आन्दोलन पनि जारी राख्ने उनले बताएका छन्।

    शिक्षामन्त्री रघुजी पन्तले बोलाएपछि आन्दोलनरत नेपाल शिक्षक महासंघका प्रतिनिधि शनिबार बिहान साढे ७ बजे वार्ताका लागि सिंहदरबार पुगेका थिए। सरकारको तर्फबाट नवनियुक्त  शिक्षामन्त्री पन्त र शिक्षासचिव दिपक काफ्ले  तथा महासंघको तर्फबाट अध्यक्ष सुवेदीको नेतृत्वमा आन्दोलनरत शिक्षक सहभागी थिए। 

    शिक्षकहरूले काठमाडौं केन्द्रित सडक आन्दोलन गरेको शनिबार २५ दिन पुगेको छ। सरकारले माग सम्बोधनका लागि भन्दै वार्तामा बोलाए पनि शिक्षकको अडानका कारण सहमति हुन सकेको छैन ।

    यसअघि बिहीबार सर्वोच्च अदालतले विद्यार्थीको पठनपाठन सञ्चालन गर्ने गरी तीनभित्र शिक्षकका माग सम्बोधन गर्न सरकारका नाममा आदेश दिएको थियो।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख १३ २०८२१०:५३:२२

    मिडिया डबली डेक्स

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend