सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

मधेश, लुम्बिनी र सुदूरपश्चिमका तराई भेगमा हिट वेभको सम्भावना

मधेश, लुम्बिनी र सुदूरपश्चिमका तराई भेगमा हिट वेभको सम्भावना

  • मिडिया डबली डेक्स
  • शनिवार, बैशाख १३ २०८२

  • 609
    SHARES

  • मधेश, लुम्बिनी र सुदूरपश्चिमका तराई भेगमा हिट वेभको सम्भावना

    काठमाण्डौ । आज पनि मधेश, लुम्बिनी र सुदूरपश्चिमका तराई भेगमा तातो लहर अर्थात हिट वेभको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    महाशाखाले विशेष बुलेटिन निकालेर तातो लहरको असरबाट बच्न आवश्यक सतर्कता अपनाउन अनुरोध छ ।

    केही दिनदेखि तराईका भेगमा अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा त्योभन्दा बढी देखिएको र आज पनि अत्यधिक गर्मी हुने सम्भावना रहेकाले सतर्कता अपनाउन महाशाखाले भनेको हो ।

    तातो हावा तथा तातो लहरबाट थकाई लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोस हुने, मांसपेशी दुख्ने, बान्ता हुने जस्ता स्वास्थ्य समस्या देखिन सक्छ ।

    तातो हावा तथा तातो लहरबाट बच्न बढी गर्मीको समयमा घरभित्र अर्थात् चिसो ठाउँमा बस्न, बाहिरी वातावरणमा बढी नजान, चर्को घाममा बाहिर ननिस्किन, हल्का तथा सुतीको कपडा लगाउन, बाहिर निस्कँदा टाउको छोप्न अथवा टोपी लगाउन, नियमित पानी तथा जुस, सर्वत प्रशस्त मात्रामा पिउन र स्वास्थ्यमा समस्या भएमा स्वास्थ्यकर्मीसँग सल्लाह लिन महाशाखाले आग्रह गरेको छ ।

    यसैबीच भोलि बेलुकीदेखि प्रिमनसुनी प्रणाली फेरि सक्रिय हुने र पानी पर्ने मौसमविदले बताएका छन् । त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम केन्द्रीय विभागमा कार्यरत मौसमविद विनोद पोखरेलका अनुसार भोलि र पर्सि देशको पूर्वी र मध्य भेगमा पानी पर्नेछ ।

    पर्सि सोमवार पूर्वदेखि पश्चिम चितवन र लुम्बिनीसम्म पानी पर्ने सम्भावना छ । सोमवार काठमाण्डौ उपत्यकामा पनि पानी पर्ने मौसमविदले बताएका छन् । यसले बढ्दो तापक्रम नियन्त्रण गर्न सहयोग पुग्ने मौसमविदको अनुमान छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख १३ २०८२०७:५३:५९

    मिडिया डबली डेक्स

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend