काठमाण्डाै । धनुषाको शहीद नगरपालिका–५ यदुकोहामा विष खाएकाे घटनामा आमाकाे पनि ज्यान गएकाे छ । विष खाएर गम्भीर भएकी पवित्रा साहको उपचारका क्रममा जनकपुरधाममा रहेकाे रामजानकी अस्पतालमा आज ज्यान गएकाे जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
गएकाे साेमवार गहुँमा राख्ने विष खाँदा आमा बिरामी र तीन छोराछोरीको ज्यान गएकाे थियाे । ६ वर्षीय छाेरा आदित्य तथा छाेरीहरू ४ वर्षीया आकृति र २ वर्षीया आरुतीकाे घटनास्थलमै ज्यान गएकाे थियाे ।
विष खाएकी पवित्राको अवस्था गम्भीर भएपछि भेन्टिलेटरमा राखेर अस्पतालमा उपचार भइरहेको थियो । गर्भवती पवित्राको शल्यक्रिया गरेर शिशु निकालिएको थियो । शिशुको अवस्था सामान्य रहेको अस्पतालले जनाएकाे छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।