काठमाडौँ । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले ‘प्रचण्ड फण्डा’बाहेक कांग्रेस-एमालेबीच सरकार र गठबन्धनमा कुनै समस्या नभएको स्पष्ट पारेका छन्।
शुक्रवार प्रतिनिधिसभाको बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीसँग प्रमुख सचेतक बर्तौलाले यस्तो बताएका हुन्। उनले प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहालले कुनै मसला नपाएपछि सरकार ढल्ने भ्रमको खेती गरिरहेको व्यंग्य गरे।
उनले सत्तारुढ दलहरुमा भ्रम र भय सिर्जना गर्न यस्तो परिस्थितिको निर्माणमा माओवादी अध्यक्ष दाहाल केन्द्रित भएको आरोप लगाए।
उनले आफूहरु एकल बहुमतको लागि २०८४ सम्म कुर्ने र त्यतिवेलासम्म कांग्रेससँगको सहयात्रामा अगाडि बढ्ने बताए।
‘माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले यही खेती नगरिकन अरु कुनै राजनीतिक मसला नपाएपछि उहाँले गरिरहनुभएको खेती हो‚ सरकारमा कुनै समस्या छैन। उहाँले भ्रम र भय सिर्जना त्यस प्रकारको परिस्थिति निर्माण गर्नुभएको हो‚’ उनले भने, ‘पानीलाई धमिलो बनाउने प्रयत्न प्रचण्डको हो। प्रचण्ड फण्डाबाहेक कांग्रेस-एमालेबीच सत्ता सहयात्राको विषयमा कुनै पनि समस्या छैन। कांग्रेस-एमालेबीचको यो सत्ता सहयात्रा ०८४ सम्मै पुग्यो भने माओवादीलाई खोज्नुपर्नै परिस्थिति निर्माण हुँदै छ भन्ने प्रचण्डले बुझ्नुभएको छ। त्यो चिन्ता र भयले गर्दा उहाँ विहान उठ्ने बित्तिकै यो सरकार ढल्छ भन्नुभएको छ, सुत्ने बेला ढल्छ भन्नुभएको छ।’
उनले शिक्षकहरुका जायज माग पूरा गर्न सरकार लागिपरेको समेत बताए।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।