बुटवल । बुटवल उपमहानगरपालिका-१३ स्थित झोलुङ्गे पुल नजिक एक ३८ वर्षीय पुरुष मृत अवस्थामा फेला परेका छन्। मृतक टेकबहादुर चौधरी बुटवल ११, बुद्धनगरका निवासी थिए।
प्रहरीका अनुसार, शुक्रवार बिहान चौधरी पानीको नहरमा घोप्टो अवस्थामा मृत फेला परेका थिए। घटनाबारे थप अनुसन्धानका लागि शवलाई पास्टमार्टमका लागि लुम्बिनी प्रादेशिक अस्पताल पठाइएको छ। यस घटनामा अन्य थप विवरणको लागि प्रहरीले अनुसन्धान गरिरहेको छ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।