चिनियाँ आर्टिफिसियल इन्टेलिजेन्स एप डीपसीकले प्रयोगकर्ताको सहमतिबिना नै क्लाउड सर्भिस प्लेटफर्ममा व्यक्तिगत डाटा ट्रान्सफर गरिरहेको दक्षिण कोरियाको डाटा सुरक्षा प्राधिकरणले जनाएको छ ।
व्यक्तिगत सूचना संरक्षण आयोग (पीआईपीसी) का अनुसार एआई उपकरण, नेटवर्क र प्रयोगकर्ता इनपुटहरू समावेश रहेको जानकारी बेइजिङ प्लेटफर्म भोल्केनो इन्जिनमा सर्भरहरूमा हस्तान्तरण गरिएको थियो । भोल्केनो इन्जिन बेइजिङमा आधारित क्लाउड सेवा प्लेटफर्म हो जुन बाइटडान्सको स्वामित्वमा छ । यो अत्यन्तै लोकप्रिय प्लेटफर्म टिकटकको मूल कम्पनी पनि हो ।
डीपसीकको आर वान च्याटबटले पश्चिमी प्रतिस्पर्धीहरूको कामहरूसँग मेल खाने क्षमता देखाएपछि जनवरीमा लगानीकर्ताहरू र उद्योग विशेषज्ञहरूलाई आश्चर्यचकित पारेको थियो । डीपसीकले टिप्पणीको अनुरोधका लागि प्रतिक्रिया नदिएको समाचारसंस्था एएफपीले जनाएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।