सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

विनासकारी भूकम्पको १० वर्ष पूरा, आज भूकम्प स्मृति दिवस मनाइँदै

विनासकारी भूकम्पको १० वर्ष पूरा, आज भूकम्प स्मृति दिवस मनाइँदै

  • मिडिया डबली डेक्स
  • शुक्रवार, बैशाख १२ २०८२

  • 1.1K
    SHARES

  • विनासकारी भूकम्पको १० वर्ष पूरा, आज भूकम्प स्मृति दिवस मनाइँदै

    काठमाण्डौ । आज वैशाख १२ गते । २०७२ वैशाख १२ गते विनासकारी भूकम्प गएको १० वर्ष पूरा भएको छ ।

    गोरखाको बारपाकलाई केन्द्रविन्दु बनाएर गएको ७.८ म्याग्निच्युडको भूकम्पले आठ हजार नौ सय ७९ जनाले ज्यान गुमाएका थिए । भूकम्पमा परी २२ हजार तीन सय ९ घाइते भएका थिए ।

    त्यही विनाशकारी भूकम्पको स्मृतिमा ‘सुरक्षित पूर्वाधार निर्माण गराैँ भूकम्पबाट जोगिऔ’ भन्ने सन्देशसहित आज भूकम्प स्मृति दिवस मनाइँदैछ ।

    भूकम्पको दशक बित्दा पनि घाउ अझै निको भएको छैन । सङ्घीय राजधानी काठमाण्डौ उपत्यकासहित पहाडी गाउँका पाखापखेरामा भत्किएका कतिपय घरहरू अझै ठडिन सकेका छैनन् ।

    भूकम्पका कारण भत्किएका कतिपय निजी आवास, विद्यालय, पुरातात्विक भवन तथा विभिन्न सरकारी भवनको पुनर्निर्माणकै क्रममा छन् ।

    भूकम्पले झन्डै १० लाख निजी आवास, सात हजार पाँच सय ५३ विद्यालय, पाँच सय ४४ स्वास्थ्य संस्थामा पूर्ण क्षति भएको थियो ।

    यसैगरी चार सय १५ सरकारी भवन, विश्व सम्पदा क्षेत्रका एक सय ७० सम्पदासहित नौ सय २० सांस्कृतिक सम्पदा र सुरक्षा निकायका तीन सय ८३ भवनमा क्षति पुगेको थियो । तीन हजार २१२ खानेपानी संरचना, ५३ सडक र दुई सय ९९ मानव बस्तीमा क्षति पुगेको थियो ।

    शहरी विकास तथा भवन निर्माण विभागले सार्वजनिक गरेको विवरणअनुसार निजी आवास पुनर्निर्माणतर्फ आठ लाख ३५ हजार एक सय ८५ लाभग्राही पहिचान भएकामा आठ लाख ३४ हजार दुई सय ६७ जनाले पहिलो किस्ता प्राप्त गरेका छन् ।

    पहिलो किस्ता प्राप्त गर्नेमध्ये ९२ प्रतिशतले दोस्रो र दोस्रो किस्ता प्राप्त गर्ने मध्ये ८९ प्रतिशतले तेस्रो किस्ता पाएका छन् ।

    राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका तत्कालिन प्रमुख कार्यकारी अधिकृत युवराज भुसालले स्रोत र जनशक्ति एथेस्ट नहुनु र प्रक्रियागत झन्झटका कारण समयमा पुनर्निर्माणको काम गर्न कठिन भएको बताउनुहुन्छ ।

    नेपाल उच्च भूकम्पीय जोखिम भएको क्षेत्र हो । २०७२ सालको भूकम्पले भूकम्प गएमा के गर्ने ? के नगर्ने विपदमा कसरी संयमता अपनाउने ? सुरक्षित हुने तरिका के हुने ? लगायत विषयमा पाठ सिकाएको खानी तथा भूगर्भ विभागअन्तर्गत राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद् डा.लोकविजय अधिकारीले बताउनुभयो । तर त्यसपछि सिकेका कुरा आम नागरिकले व्यवहारमा प्रयोग गर्नु र बनाइएका ऐन नियम सरकारले कडाइका साथ कार्यान्वयन गर्नु आवश्क रहेको अधिकारी भनाइ छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख १२ २०८२०८:०९:५७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend