काठमाण्डाै । नवनियुक्त शिक्षामन्त्री रघुजी पन्तले शपथ लिनुभएको छ । राष्ट्रपति भवन शीतल निवासमा आज एक कार्यक्रमका बीच राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्री पन्तलाई पद तथा गोपनीयताको शपथ गराउनुभयो ।
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिशमा हिजो राष्ट्रपति पौडेलले पन्तलाई मन्त्री नियुक्त गर्नुभएको थियो । गएको सोमवार विद्या भट्टराईले शिक्षामन्त्री पदबाट राजीनामा दिनुभएको थियो ।
सामुदायिक विद्यालयका शिक्षकहरु तीन हप्ताभन्दा धेरै समयदेखि आन्दोलनरत रहेको बेला पन्त शिक्षामन्त्रीको जिम्मेवारीमा पुग्नुभएको छ । शिक्षक आन्दोलनको समाधान खोज्दै विद्यालयमा शैक्षिक गतिविधि पूर्ववत् रुपमा सञ्चालन गर्नु नवनियुक्त शिक्षामन्त्री पन्तको मुख्य चुनौती रहेको छ ।
पन्त नेकपा एमालेका समानुपातिक सांसद हुनुहुन्छ ।

मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।