सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

जम्मु-कश्मीरमा मारिएका सुदीपको शव बुटवल ल्याइयो

जम्मु-कश्मीरमा मारिएका सुदीपको शव बुटवल ल्याइयो

  • मिडिया डबली डेक्स
  • बिहिवार, बैशाख ११ २०८२

  • 939
    SHARES

  • जम्मु-कश्मीरमा मारिएका सुदीपको शव बुटवल ल्याइयो

    बुटवल । भारतको जम्मू–कश्मीरको पहलगाममा भएको बन्दुकधारीहरूको आक्रमणबाट मृत्यु भएका बुटवलका सुदीप न्यौपानेको शव बुटवल ल्याइएको छ।

    परिवारका अनुसार शवलाई दिल्लीबाट लखनउसम्म हवाई मार्ग र त्यसपछि लखनउबाट बुटवलसम्म स्थल मार्ग हुँदै एम्बुलेन्समा ल्याउने व्यवस्था मिलाइएको थियो। बुधबार साँझसम्म शव नेपाल ल्याउने भनिए पनि एम्बुलेन्सबाट ल्याउँदा समय लागेको परिवारले बताएको छ।

    आमा, बहिनी र ज्वाइँसहित घुमघामका लागि पहलगाम पुगेका सुदीपको मंगलबार दिउँसो बन्दुकधारीहरूको आक्रमणमा मृत्यु भएको थियो। उक्त आक्रमणमा सुदीपसहित २७ जनाको ज्यान गएको छ भने २० जना घाइते भएका छन्। बुटवल कालिकानगरस्थित मनकामना पथमा शव ल्याइएको र आजै त्रिवेणी घाट लगेर अन्त्येष्टि गरिने बुटवल उपमहानगरपालिका(११ का वडाध्यक्ष रामचन्द्र क्षेत्रीले जानकारी दिए।

    सुदीपको शव ल्याउनका लागि वडा नम्बर १४ का वडाध्यक्ष समेत रहेका सुदीपका काका दधिराम न्यौपानेसहितका परिवारका अन्य सदस्य सुनौली पुगेका थिए। सुदीप सहित उनका आफन्त छोड्नका लागि भारतको उत्तरप्रदेशको एक जिल्लाका डीएम आफैँ नेपाल आएका थिए।

    सुदीपका बुवा शिक्षक हुन्। उनी स्थानीय बुटवल–१८ स्थित भवानी माविमा अध्यापन गराउने उनी शिक्षक आन्दोलनका लागि काठमाडौं गएका थिए। छोराको मृत्युको खबरपछि उनी बुटवल आइसकेका छन्।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, बैशाख ११ २०८२०९:३५:४६

    मिडिया डबली डेक्स

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend