काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले वैशाख २१ गतेदेखि हुने कक्षा-१२ को परीक्षा तालिका सार्वजनिक गरेको छ। परीक्षा बोर्डले आज परीक्षा तालिका सार्वजनिक गरेको हो।
परीक्षा तालिकाअनुसार परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुनेछ। परीक्षा पहिलो दिन अनिवार्य अंग्रेजी ,संस्कृत रचना, बुद्ध शिक्षा,उर्दू व्याकरण विषयकाे परीक्षा हुनेछ।
परीक्षा जेठ २ गते सकिनेछ। परीक्षा बोर्डले यसअघि वैशाख ११ गते(भोलि)देखि कक्षा १२ परीक्षा सञ्चालन गर्ने निर्णय गरेको थियो तर शिक्षकहरूको आन्दोलनका कारण परीक्षा हुन सकेन। बोर्डले हिजो बेलुका परीक्षा स्थगित गरी नयाँ समय तोकेको हो।

मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।