सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

अपराधीलाई कठघरामा उभ्याउन भारत प्रतिबद्ध छ : भारतीय प्रधानमन्त्री मोदी

अपराधीलाई कठघरामा उभ्याउन भारत प्रतिबद्ध छ : भारतीय प्रधानमन्त्री मोदी

  • मिडिया डबली डेक्स
  • बुधवार, बैशाख १० २०८२

  • 1.4K
    SHARES

  • अपराधीलाई कठघरामा उभ्याउन भारत प्रतिबद्ध छ : भारतीय प्रधानमन्त्री मोदी

    काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले जम्मुकश्मिरको पहलगाममा भएको आतंकवादी हमलामा संलग्नलाई कठघरामा उभ्याउने बताएका छन् ।

    प्रधानमन्त्री केपी शर्मा ओलीसँग आज भएको टेलिफोन वार्तामा मोदीले अपराधीलाई कठघरामा उभ्याउन भारत प्रतिबद्ध रहेको कुरामा जोड दिएको भारतीय विदेश मन्त्रालयले जनाएको छ ।

    ‘उक्त आतंकवादविरुद्धको लडाइामा भारत र नेपाल एकसाथ उभिएका छन्’, भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले भने, ‘प्रधानमन्त्री मोदीले एक युवा नेपाली नागरिकको मृत्यु भएको प्रति समवेदना व्यक्त गर्नुभएको छ ।’

    प्रधानमन्त्री ओलीले पनि सामाजिक सञ्जाल एक्समार्फत भारतीय प्रधानमन्त्री मोदीसँग आतंकवादी हमलाबारे कुराकानी भएको उल्लेख गरेका छन् ।

    ‘मैले आतंकवादी हमलमा ज्यान गुमाएकाहरुप्रति समवेदना प्रकट गर्दै यस्ता जघन्य कृत्यप्रति नेपाल भारतको साथमा छ भनेको छु’, उनले भने, ‘साथै, नेपाली नागरिकको मृत्युमा समवेदना प्रकट गरेको प्रति धन्यवाद समेत दिएको छु ।’

    मंगलबार आतंकवादी समूहले गरेको आक्रमणमा पहलगामस्थित पर्यटकीय क्षेत्रमा २६ जनाको हत्या ज्यान गएको थियो । सो आक्रमणमा परेर बुटवलका सुदीप न्यौपानेको समेत मृत्यु भएको थियो । उनकी आमा समेत घाइते छिन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, बैशाख १० २०८२०४:२१:२७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend