सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

प्रधानमन्त्री ओलीद्वारा जम्मुकश्मिर घटना प्रति निन्दा व्यक्त

प्रधानमन्त्री ओलीद्वारा जम्मुकश्मिर घटना प्रति निन्दा व्यक्त

  • मिडिया डबली डेक्स
  • बुधवार, बैशाख १० २०८२

  • 675
    SHARES

  • प्रधानमन्त्री ओलीद्वारा जम्मुकश्मिर घटना प्रति निन्दा व्यक्त

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतको जम्मुकश्मिरस्थित पहलगाममा भएको आतंकवादी आक्रमणको कडा निन्दा गरेका छन् ।

    प्रधानमन्त्री ओलीले आतंकवादविरुद्धको लडाइँमा भारतसँग दृढ ऐक्यबद्धता जनाउँदै यस्ता सबै किसिमका आतङ्कवादी कार्यहरूको कडा निन्दा गरेका हुन्।

    आक्रमणमा नेपाली नागरिक परेको आशङ्कासम्बन्धी रिपोर्टहरूका बारेमा सरकारले भारतीय पक्षसँग समन्वय गरिरहेको प्रधानमन्त्री ओलीले बताए ।

    ओलीले सामाजिक सञ्जाल एक्समा लेखेका छन्,‘पहलगाममा भएको आतङ्कवादी आक्रमणमा परेका सबैप्रति गहिरो समवेदना प्रकट गर्दछौं। नेपालले भारतसँग दृढ ऐक्यबद्धता जनाउँछ र सबै किसिमका आतङ्कवादी कार्यहरूको कडा निन्दा गर्दछ।’

    उनले थपेका छन्,‘आक्रमणमा नेपाली नागरिक परेको आशङ्कासम्बन्धी रिपोर्टहरूका बारेमा नेपाल सरकार भारतीय पक्षसँग समन्वयमा रहेको छ।पीडितमध्ये एक नेपाली नागरिक हुन सक्ने रिपोर्टबारे प्रमाणीत गर्न नजिकबाट समन्वय भइरहेको छ र आवश्यक सम्पूर्ण सहायता उपलब्ध गराइनेछ।

     

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, बैशाख १० २०८२१२:०७:५४

    मिडिया डबली डेक्स

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend