काठमाडौं । डोटीमा मिनी ट्रक दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालयका अनुसार सुपप्र ०१००१ ख ३४२८ नम्बरको मिनी ट्रक भीमदत्त राजमार्गअन्तर्गत जोरायल गाउँपालिका- १ गोल्डेनमा बुधबार बिहान दुर्घटना हुँदा चालक अर्जुन धामीसहित तीनजनाको मृत्यु भएको हो । मिनी ट्रक खाद्यान्न बोकेर धनगढीबाट बझाङतर्फ गइरहेको थियो।
मृतक दुईजनाको सनाखत हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख विनोद शर्माले बताए।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।