सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

निजामती कर्मचारी कक्षा १२ को परिक्षामा सहभागी नहुने

निजामती कर्मचारी कक्षा १२ को परिक्षामा सहभागी नहुने

  • मिडिया डबली डेक्स
  • मंगलवार, बैशाख ९ २०८२

  • 1.8K
    SHARES

  • निजामती कर्मचारी कक्षा १२ को परिक्षामा सहभागी नहुने

    काठमाडौँ । निजामती कर्मचारी ट्रेड युनियनले कक्षा-१२ को परीक्षा सञ्चालनमा सहभागी गराउन खोजिएको भन्दै असन्तुष्टि जनाएको छ। आज बसेको प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समिति बैठकमा युनियनका नेताहरूले असन्तुष्टि जनाएका हुन्।

    समितिका सभापति रामहरि खतिवडाका अनुसार बैठकमा युनियनका अध्यक्ष लगायत अन्य नेताहरूले आफूहरूलाई कक्षा १२ को परीक्षामा सहभागी गराउन नमिल्ने बताएका छन्।

    उनले भने, ‘युनियनका केही मान्छेले कक्षा १२ को परीक्षामा सहभागी गराउन खोजिएको भन्दै यसमा असन्तुष्टि जनाउनु भएको छ। बैठकमा बोल्न त पाइन्छ, उहाँहरूले यही बोल्दै सहभागी नगराउन माग पनि गर्नुभएकाे छ।’

    राष्ट्रिय परीक्षा बोर्डले आज बिहान मात्रै बैठक बसेर निजामती कर्मचारीहरूलाई सहभागी भए पनि परीक्षा सञ्चालन गर्ने निर्णय गरेको थियो तर उनीहरू सहभागी नहुने भएका छन्।

    नेपाल शिक्षक महासंघले केही बेरअघि विज्ञप्ति जारी गर्दै शिक्षकहरू उक्त परीक्षामा सहभागी नहुने जनाएको छ। सरकार र महासंघकै टसलका कारण कक्षा १२ को परीक्षा भने अन्योलमा परेको छ। परीक्षार्थी र अभिभावकहरू चिन्तित बनेका छन्। बोर्डले यही वैशाख ११ गतेदेखि कक्षा १२ को परीक्षा सञ्चालन गर्ने समय ताेकेकाे छ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, बैशाख ९ २०८२०५:११:४७

    मिडिया डबली डेक्स

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend