बुटवल। रूपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–२ अर्दौलीस्थित दानव नदीमा सोमबार पौडी खेल्ने क्रममा बेपत्ता भएका थप दुई बालकको शव फेला परेको छ।
मंगलबार बिहान सशस्त्र प्रहरी बलको गोताखोर टोलीले १३ वर्षीय उमेश यादव र १२ वर्षीय मुनु हरिजनको शव नदीबाट निकालेको हो।
उनीहरूको खोजीका लागि सशस्त्र प्रहरी बल नेपाल नम्बर ४२ रिजर्भ गण बाँकेबाट गोताखोर टोली ल्याइएको थियो। सुरक्षा वेश लुम्बिनीका नायब उपरीक्षक दीपक कोइरालाको नेतृत्वमा खोज कार्य सञ्चालन गरिएको थियो।
यसअघि सोमबार साँझ १४ वर्षीय राज यादवको शव फेला परेको थियो।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।