आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

तीनवटा संसदीय समितिको बैठक बस्दै

तीनवटा संसदीय समितिको बैठक बस्दै

  • मिडिया डबली डेक्स
  • मंगलवार, बैशाख ९ २०८२

  • 444
    SHARES

  • तीनवटा संसदीय समितिको बैठक बस्दै

    काठमाडौं । संघीय संसद्अन्तर्गत मंगलबार तीनवटा संसदीय समितिको बैठक बस्दैछ। प्रतिनिधिसभाको एक र राष्ट्रिय सभाको दुई समितिको बैठक बस्न लागेको हो।

    विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा खानेपानी, सरसफाइ र स्वच्छता सम्बन्धमा खानेपानी मन्त्रालयबाट भएका कामकारबाही, कार्यप्रगति र अगामी आर्थिक वर्षको बजेट सम्बन्धमा मन्त्रालयको तयारीका विषयमा छलफल हुनेछ। बिहान ११ बजे शुरु हुने बैठकमा खानेपानी मन्त्री प्रदीप यादवसँग छलफल गर्ने कार्यसूची छ। 

    त्यस्तै विधायन व्यवस्थापन समितिको बैठकमा संविधान अनुसार बन्न बाँकी कानूनको सम्बन्धमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसँग छलफल गर्ने कार्यसूची छ। बैठक दिउँसो १ बजे शुरु हुनेछ। 

    राज्यव्यवस्था तथा सुशासन समितिको बैठक दिउँसो साढे २ बजेका लागि बोलाइएको छ । बैठकमा संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८० माथि कर्मचारी ट्रेड युनियनसँग छलफल गर्ने कार्यसूची छ । 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, बैशाख ९ २०८२०७:२१:४२

    मिडिया डबली डेक्स

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend