सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

दानव नदीमा पौडी खेल्न गएका तीन बालक बेपत्ता

दानव नदीमा पौडी खेल्न गएका तीन बालक बेपत्ता

  • मिडिया डबली डेक्स
  • सोमवार, बैशाख ८ २०८२

  • 414
    SHARES

  • दानव नदीमा पौडी खेल्न गएका तीन बालक बेपत्ता

    रुपन्देही । रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–२ अर्दौलीमा रहेको दानव नदीमा पौडी खेल्ने क्रममा तीन जना बालक बेपत्ता भएका छन् ।

    बेपत्ता हुनेहरूमा स्थानीय १२ वर्षीय मुनु हरिजन, १३ वर्षीय उमेश यादव र १४ वर्षीय राज यादव छन् । आज दिउँसो पौडी खेल्ने क्रममा उनीहरू बेपत्ता भएका थिए । उनीहरूको खोजीका लागि सशस्त्र प्रहरी बल खटिएको छ ।

    घटनाबारे जानकारी पाउनासाथ सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट बयरघाटबाट सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा विपद् व्यवस्थापन तालिम प्राप्त सुरक्षा फौज घटनास्थल पुगेर उनीहरुको खोजी कार्यमा परिचालन भएको छ ।

     

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, बैशाख ८ २०८२०५:०८:३०

    मिडिया डबली डेक्स

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend