सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

पाथीभरा जाँदै गरेको जिपमा करेण्ट लाग्दा चारजनाको मृत्यु

पाथीभरा जाँदै गरेको जिपमा करेण्ट लाग्दा चारजनाको मृत्यु

  • मिडिया डबली डेक्स
  • सोमवार, बैशाख ८ २०८२

  • 972
    SHARES

  • पाथीभरा जाँदै गरेको जिपमा करेण्ट लाग्दा चारजनाको मृत्यु

    काठमाडौं । ताप्लेजुङको पाथीभरा जाँदै गरेको जिपमा करेण्ट लाग्दा चारजनाको मृत्यु भएको छ। दुईजना गम्भीर घाइते भएका छन्।

    सदरमुकाम फुङलिङबाट दर्शनार्थी लिएर पाथीभरा जाँदै गरेको मे १ च ३०११ नम्बरको बोलेरो जीप बिहान ५ बजेतिर ‘सेवारो चोक’ भन्ने ठाउँमा पोलबाट लत्रिएको तार छुँदाकरेण्ट प्रवाह भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक विवेक बस्नेतले जानकारी दिए। उनका अनुसार त्यसलगत्तै जीपमा आगो लागेको थियो।

    मृतकको पहिचान भइसकेको छैन। ज्यान गुमानेमा दुई पुरुष र दुई महिला छन्। जलेका उनीहरूको शव पहिचान गर्ने अवस्थामा नरहेको प्रहरीले जनाएको छ।

    घाइतेहरूलाई उपचारका लागि जिल्ला अस्पताल लगिएको प्रहरी निरीक्षक बस्नेतले बताए।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, बैशाख ८ २०८२०७:४४:४७

    मिडिया डबली डेक्स

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend