सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

वडाध्यक्ष गायब भएपछि पालिका अध्यक्ष भेट्न पुगे स्थानीय

वडाध्यक्ष गायब भएपछि पालिका अध्यक्ष भेट्न पुगे स्थानीय

  • मिडिया डबली डेक्स
  • आइतवार, बैशाख ७ २०८२

  • 729
    SHARES

  • वडाध्यक्ष गायब भएपछि पालिका अध्यक्ष भेट्न पुगे स्थानीय

    गोरखा ।  सिरानचोक गाउँपालिका–५ का वडाध्यक्ष ठानेस्वर पोखरेल १० महिनादेखि बेपत्ता बनेका छन्। उनी गत जेठमा अध्यक्षको जिम्मेवारी वडा सदस्यलाई दिएर अमेरिका हानिएका हुन्। उनी माओवादी केन्द्रका कार्यकर्ता हुन्। र, माओवादीबाट वडाध्यक्ष जितेका जनप्रतिनिधि हुन्। 

    वडा सदस्यलाई कार्यवाहकको जिम्मेवारी दिएर पोखरेल सम्पर्कविहीन भएको भन्दै उनीहरुले गाउँपालिकाको ध्यानाकर्षण समेत गराएका छन्।

    उनको यो अमेरिका भ्रमण दोस्रो पटक हो। पहिलो पटक अमेरिका जाँदा पोखरेलले वडासदस्य रामचन्द्र पोखरेललाई कार्यवाहक वडाध्यक्षको जिम्मेवारी दिएर गएका थिए। सोको जानकारी गाउँपालिकालाई समेत गराएका थिए। तर, अहिले उनै पोखरेललाई कार्यवाहक दिएको तर सोको जानकारी गाउँपालिकामा नगराएको गाउँपालिका अध्यक्ष ज्ञानेन्द्र गुरुङले जानकारी दिए। 

    कार्यवाहक वडाध्यक्ष पोखरेलले भने वडाध्यक्ष पोखरेल उपचारको लागि भारत जान्छु भनेर गएको बताए। ​वडाध्यक्षका कारण सेवाप्रवाह र बिकास निर्माणको काममा कुनै पनि बाधा अबरोध नभएको उनको भनाइ छ। तर वडाध्यक्ष पोखरेलले असार मसान्तसम्म उनलाई कार्यवाहक दिएको स्रोतको दाबी छ। 

    वडाध्यक्ष पोखरेलले स्थानीय सरकार सञ्चालन ऐन २०७४ विपरितका काम गरेको उनीहरुको आरोप छ। उनको परिवार अमेरिकामा रहेकाले पहिले पनि पारिवारिक भ्रमणका लागि गएको र अहिले पनि उपचारको बहनामा फेरी अमेरिका नै गएको दाबी स्थानीयहरुको छ। 

     

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, बैशाख ७ २०८२११:१४:३९

    मिडिया डबली डेक्स

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend