सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

अठार बर्षपछि गाउँ फर्केका खड्कालाई प्रोत्साहन स्वरुप एक लाख प्रदान

अठार बर्षपछि गाउँ फर्केका खड्कालाई प्रोत्साहन स्वरुप एक लाख प्रदान

  • मिडिया डबली डेक्स
  • शनिवार, बैशाख ६ २०८२

  • 1.3K
    SHARES

  • अठार बर्षपछि गाउँ फर्केका खड्कालाई प्रोत्साहन स्वरुप एक लाख  प्रदान

    खोटाङ । अठार वर्ष पहिला बसाइँ सरेर गएका खोटाङको बराहपोखरी गाउँपालिका–६ मौवाबोटेका वेदबहादुर खड्का परिवारसहित गाउँ फर्किनुभएको छ ।

    उहाँ २०६३ सालमा सप्तरीको सप्तकोशी नगरपालिकाको बलार्दह बसाइँ सरेर जानुभएको थियो । खड्का अहिले परिवारसहित आफ्नै गाउँ मौवाबोटे फर्किनुभएको हो ।

    गाउँ फर्किएका खड्कालाई गाउँपालिकाले एक लाख रुपैयाँ प्रोत्साहन रकम प्रदान गरेको छ । गाउँपालिकाका अध्यक्ष शालिकराम बञ्जराले खड्काको घरमै पुगेर प्रोत्साहन रकमबापत चेक हस्तान्तरण गर्नुभएको हो ।

    आफ्नो जन्मभूमिप्रतिको माया र छरछिमेकको सद्भाव बिर्सन नसकेर फेरि आफ्नै गाउँ फर्किएको खड्काले बताउनुभएको छ ।

    बसाइँ सरेर गए पनि गाउँको जग्गा नबेचेको र अहिले बाँझिएको जमिन खनजोत शुरू गरेको उहाँले बताउनुभयो ।

    गाउँ फर्किए लगत्तै घर निर्माण गर्नुभएका खड्काले आफ्नो परिवारलाई पुनःस्थापित गराउन गाउँपालिकाले सहयोग गर्दा खुशी लागेको प्रतिक्रिया दिनुभएको छ ।

    पालिकाले पूर्वाधार निर्माणमा काम गरिरहेको हुँदा अब सुविधाको खोजीमा कोही पनि बसाइँ सरेर अन्त जानु पर्ने अवस्था नरहेको अध्यक्ष बञ्जराले बताउनुभयो ।  

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख ६ २०८२०४:१८:५५

    मिडिया डबली डेक्स

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend