सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

प्रधानमन्त्रीसँगको वार्ता पनि निष्कर्षविहीन भएपछि शिक्षकहरूको सडक संर्घष जारी

प्रधानमन्त्रीसँगको वार्ता पनि निष्कर्षविहीन भएपछि शिक्षकहरूको सडक संर्घष जारी

  • मिडिया डबली डेक्स
  • शनिवार, बैशाख ६ २०८२

  • 813
    SHARES

  • प्रधानमन्त्रीसँगको वार्ता पनि निष्कर्षविहीन भएपछि शिक्षकहरूको सडक संर्घष जारी

    काठमाडौं । प्रधानमन्त्रीसँगको वार्ता पनि निष्कर्षविहीन भएपछि शिक्षकहरूले आन्दोलन जारी राख्ने भएका छन्। प्रधानमन्त्री र शिक्षकहरूबीच शुक्रबार मध्यरातिसम्म वार्ता भएको थियो। 

    शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीका अनुसार राति ९ बजेदेखि ११ बजेसम्म प्रधानमन्त्री केपी शर्मा ओली र त्यसपछि सभामुख देवराज घिमिरेसँग छलफल भएको थियो। माग सम्बोधन गर्नेबारे प्रधानमन्त्री ओली सकारात्मक देखिएका थिए। तर, शिक्षकहरूले सानातिना लेनदेन गरी आन्दोलन नरोकिने भन्दै शिक्षा ऐन जारी गर्नु नै आफूहरूको बटमलाइन हुने भनेपछि शिक्षक राति साढे एक बजे रित्तोहात फर्किएका थिए। 

    सरकारले वैशाख १२ गते शुरु हुने संसदको बर्खे अधिवेशनमार्फत ऐन जारी गर्ने योजना बनाएको छ। तर, ऐन हातमा नपरेसम्म कार्यस्थल नफर्किने शिक्षकहरूको अडान छ। हिजोको वार्ता असफल भएपछि महासंघले आज पनि प्रदर्शन जारी राख्ने भएको छ। समग्र परिस्थितिको मूल्यांकन गर्दा आन्दोलन तत्काल रोक्न नसकिने भन्दै सुवेदीले शनिबार पनि दिउँसो १२ बजे माइतीघरमा भेला हुन शिक्षकहरूलाई आग्रह गरेका छन्। 

    उनीहरुले आन्दोलन नछाडेपछि कक्षा १२ को परीक्षामा असर पर्नसक्ने सम्भावना बढेको छ। तर, राष्ट्रिय परीक्षा बोर्डले भने परीक्षा सार्नेबारे तत्काल कुनै निर्णय नभएको बताएको छ। 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख ६ २०८२०९:३६:४९

    मिडिया डबली डेक्स

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend