सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

अन्योलमा कक्षा १२ को परिक्षा

अन्योलमा कक्षा १२ को परिक्षा

  • मिडिया डबली डेक्स
  • शुक्रवार, बैशाख ५ २०८२

  • 717
    SHARES

  • अन्योलमा कक्षा १२ को परिक्षा

    काठमाण्डौ । शिक्षा विधेयक यथासक्य छिटो पारित गर्न माग गर्दै शिक्षकहरुले गरिरहेका सडक आन्दोलनले आज १७ औं दिन पनि निरन्तरता पाउने भएको छ ।

    शिक्षकहरुले दिउँसो १२ बजे माइतीघर मण्डलाबाट विरोध सभा शुरू गरी ३ बजे बानेश्वरमा पुगेर समापन गर्ने बताएका छन् ।

    आन्दोलनका कारण एसईईको उत्तरपुस्तिका जाँच, यही वैशाख ११ गतेदेखिको कक्षा १२ को परीक्षा, नयाँ शैक्षिकसत्रका लागि विद्यार्थी भर्ना अभियान लगायतका शैक्षिक कार्यक्रम प्रभावित भएका छन् ।

    शिक्षकहरू नै सहभागी नहुने भएपछि कक्षा १२ को परीक्षा सञ्चालन गर्न नसकिने राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा.महाश्रम शर्माले बताउनुभयो ।

    आन्दोलनका कारण परीक्षा सञ्चालनबारे अन्योल बढेको भन्दै बोर्डले परीक्षामा सहभागी भएर परीक्षालाई सफल पार्न शिक्षकहरुलाई अनुरोध गरेको छ ।

    बोर्डले कक्षा १० को उत्तरपुस्तिका परीक्षण र कक्षा १२ को परीक्षा सञ्चालन तथा व्यवस्थापनमा सहयोग र सहभागिताका लागि शिक्षकहरुलाई आग्रह गरेको हो ।

    नेपाल शिक्षक महासङ्घले भने विद्यालय शिक्षा ऐन जारी नहुँदासम्म कुनै प्रकारका परीक्षामा सहभागी नहुने जनाएको छ ।

    नेपाल शिक्षक महासङ्घको नेतृत्वमा शिक्षकहरुले आफ्नो पेशागत हकहितका लागि शिक्षा विधेयकलाई ऐनका रूपमा चाँडो पारित गरियोस् भन्ने मागसहित सबै शैक्षिक कार्यक्रम बहिष्कार गरी आन्दोलन गरिरहेका छन् ।

    संसद्को शिक्षा समितिअन्तर्गतको उपसमितिले अहिलेसम्म विद्यालय शिक्षा विधेयकका ७६ दफा पारित गरेको छ । १६३ दफा रहेको विधेयकका ७६ दफामा छलफलपछि सहमति गर्दै पारित गरेको हो ।

    त्यस्तै २० दफामा भने छलफल गरे पनि पारित हुन बाँकी रहेको समितिले जनाएको छ । उपसमितिमा हरेक दिन विधेयकमाथि ४/५ घण्टा छलफल हुँदै आएको छ । सरकारले यही वैशाख १२ गते संसद्को अधिवेशन बोलाएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख ५ २०८२०९:५७:०५

    मिडिया डबली डेक्स

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend