आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

अमेरिकाले चीनमा प्रतिशोधात्मक कर २४५ प्रतिशत पुर्‍यायाे

अमेरिकाले चीनमा प्रतिशोधात्मक कर २४५ प्रतिशत पुर्‍यायाे

  • एजेन्सी
  • बिहिवार, बैशाख ४ २०८२

  • 1.2K
    SHARES

  • अमेरिकाले चीनमा प्रतिशोधात्मक कर २४५ प्रतिशत पुर्‍यायाे

    अमेरिकाले चीनमा २४५ प्रतिशत कर लगाएको छ । चीनले अमेरिकाबाट आउने सामानमा लगाएको १२५ प्रतिशत कर अर्थात अतिरिक्त भन्सार महसुलको जवाफमा अमेरिकाले उल्टै चीनमा २४५ प्रतिशत कर लगाएको बीबीसीले जनाएको छ ।

    अमेरिकाविरुद्धको प्रतिशोधात्मक कारबाहीका कारण चीनले अब २४५ प्रतिशतसम्मको भन्सार शुल्कको सामना गर्नुपर्ने ह्वाइट हाउसले निकालेको विज्ञप्तिमा उल्लेख छ ।

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सबै देशहरूमा १० प्रतिशत भन्सार लगाएको र अमेरिकाको सबैभन्दा ठूलो व्यापार घाटा भएका देशहरूमा पारस्परिक रूपमा उच्च भन्सार लगाएको पनि यसमा भनिएको छ ।

    ७५ भन्दा बढी देशहरूले नयाँ व्यापार सम्झौताहरूमा छलफल गर्न पहिले नै सम्पर्क गरिसकेकोले चीनबाहेकका देशमा उच्च भन्सार शुल्कहरू स्थगित गरिएको ह्वाइट हाउसले बताएको छ ।

    यसैबीच ट्रम्पको कर वृद्धिका कारण यस वर्ष विश्वव्यापी व्यापारमा गिरावट आउने विश्व व्यापार सङ्गठन (डब्ल्यूटीओ) ले प्रक्षेपण गरेको छ ।

    पारस्परिक भन्सार र राजनीतिक अनिश्चितता जस्ता प्रमुख समस्याहरू बढेमा विश्वभर सामानको व्यापार अझ घट्न सक्ने यसले बताएको छ ।

    डब्ल्यूटीओले यसअघि यो वर्ष सन् २०२५ मा विश्वव्यापी सामान व्यापार २.७ प्रतिशतले बढ्ने अनुमान गरेको थियो, तर अब यो ०.२ प्रतिशतले घट्ने अनुमान गरेको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, बैशाख ४ २०८२०८:२५:२०

    एजेन्सी

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend