सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

बस दुर्घटना हुँदा १६ यात्रु घाइते

बस दुर्घटना हुँदा १६ यात्रु घाइते

  • मिडिया डबली डेक्स
  • बिहिवार, बैशाख ४ २०८२

  • 414
    SHARES

  • बस दुर्घटना हुँदा १६ यात्रु घाइते
    फाइल तस्बिर

    काठमाडौं । पूर्व पश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका–६ सुनाचुरीस्थित सडकखण्डमा बिहीबार बिहान यात्रुबाहक बस दुर्घटना हुँदा १६ यात्रु घाइते भएका छन्।

    इटहरीबाट भैरहवातर्फ जाँदै गरेको लु२ख ५९९ नम्बरको बस सडकबाट करिब १० मिटर तल खस्दा बसमा सवार १६ जना यात्रु घाइते भएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ। 

    घाइतेहरुको उद्धार गरी उपचारको लागि चितवन अस्पतालतर्फ पठाएको कार्यालयका प्रवक्ता श्यामु अर्यालले जानकारी दिए। बस चालक बाराको कोल्बी नगरपालिका-११ का २९ वर्षीय राकेश चौधरीलाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, बैशाख ४ २०८२०७:५०:३२

    मिडिया डबली डेक्स

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend