आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

सत्तारुढ दलहरूबीचमा गभर्नर नियुक्तिको विषयमा सहमति भइसक्यो : मन्त्री गुरुङ

सत्तारुढ दलहरूबीचमा गभर्नर नियुक्तिको विषयमा सहमति भइसक्यो : मन्त्री गुरुङ

  • मिडिया डबली डेक्स
  • बुधवार, बैशाख ३ २०८२

  • 1.0K
    SHARES

  • सत्तारुढ दलहरूबीचमा गभर्नर नियुक्तिको विषयमा सहमति भइसक्यो : मन्त्री गुरुङ

    काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपाल राष्ट्रबैंकमा छिटै गभर्नर नियुक्ति हुने बताएका छन्।

    सञ्चार तथा सूचनाप्रविधि मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सञ्चारकर्मीको प्रश्नको उत्तर दिँदै उनले यस्तो बताएका हुन्। उनले मुलुकको समग्र अर्थतन्त्रमा सुधार ल्याउनुपर्ने क्षमताको गभर्नर ल्याउनुपर्ने भएको ढिलाइ भएको जिकिर गरे।

    उनले सत्तारुढ दलहरूबीचमा गभर्नर नियुक्तिको विषयमा सहमति भइसकेको जानकारी दिए। उनले सत्तारुढ राजनीतिको संयन्त्रको बैठकको मार्गनिर्देशनअनुसार सरकारले निर्णय लिने समेत जानकारी दिए।

    मन्त्री गुरुङले भने, ‘हिजो नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच गभर्नर नियुक्ति गर्ने सहमति पनि भएको छ। अब संयन्त्रको बैठक बस्दै छ। गभर्नरको समस्या चाँडै समाधान हुन्छ।’

    सरकार शिक्षकका मागप्रति समेत संवेदनशील रहेको मन्त्री गुरुङले उल्लेख गरे। उनले शिक्षकका जायज माग पूरा गर्न सरकारले बजेट अधिवेशन आह्वान गर्न सिफारिस गरिसकेको जानकारी दिए।

     

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, बैशाख ३ २०८२०७:३८:०१

    मिडिया डबली डेक्स

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend