काठमाण्डाै । आईसीसी १९ वर्षमुनिको विश्वकप एशिया छनोटमा नेपालले लगातार तेस्रो जीत हात पारेको छ । तल्लो मूलपानी मैदानमा आज भएको खेलमा नेपालले हङकङलाई ९ विकेटले हरायो ।
हङकङले दिएको १ सय १६ रनको लक्ष्य नेपालले १ विकेट गुमाएर १२ ओभर ३ बलमै भेटायो । नेपालका शाहिल पटेलले ४२, कप्तान नरेन भट्टले ३९ र निरजकुमार यादवले २३ रन बनाए ।
यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको हङकङले ४६ ओभर २ बलमा १ सय १५ रन बनाउँदा सबै विकेट गुमायो । हङकङका कप्तान शिव माथुरले सबैभन्दा धेरै ६३ रन बनाए । नेपालका युवराज खत्रीले ४, विपिनप्रसाद शर्माले ३, सन्तोष यादवले २ र अशोक धामीले १ विकेट लिए ।
नेपालले पहिलो खेलमा यूएई र दोस्रो खेलमा ओमानलाई हराएको थियो । अब नेपालले लिग चरणको चौथो तथा अन्तिम खेलमा आउँदो शनिवार अफगानिस्तानसँग खेल्नेछ ।
पाँच वटा टोली सहभागी प्रतियोगितामा शीर्ष स्थानमा रहने टोली आउँदो वर्ष हुने १९ वर्षमुनिको विश्वकपमा छनोट हुनेछ । प्रतियोगिताका खेलहरू माथिल्लो र तल्लो मूलपानी मैदानमा भइरहेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।