काठमाडौं । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदका बर्खे अधिवेशनको आह्वान आह्वान गरेका छन्। वैशाख १२ गते शुक्रबार दिउँसो १ बजेका लागि दुवै सदनको बैठक (अधिवेशन) आह्वान गरिएको राष्ट्रपति कार्यालयबाट जारी विज्ञप्तिमा जनाइएको छ।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले वैशाख १२ गतेका लागि संसद् बैठक आह्वान गर्न सिफारिस गरेको थियो। मन्त्रिपरिषद्को सिफारिसमा संसद्का हिउँदे र वर्खे अधिवेशन आह्वान गर्ने संवैधानिक व्यवस्था छ।

मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।