आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

शिक्षकहरूका माग सम्बोधन गर्न संसद्को अधिवेशन आह्वान

शिक्षकहरूका माग सम्बोधन गर्न संसद्को अधिवेशन आह्वान

  • मिडिया डबली डेक्स
  • बुधवार, बैशाख ३ २०८२

  • 1.2K
    SHARES

  • शिक्षकहरूका माग सम्बोधन गर्न संसद्को अधिवेशन आह्वान

    काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले आन्दोलनरत शिक्षकहरूलाई माग सम्बोधन गर्ने प्रतिबद्धता जनाएकी छन् । भिडियो सन्देश जारी गर्दै मन्त्री भट्टराईले माग सम्बोधन गर्नका लागि नै संसद्को अधिवेशन आह्वान गरेको बताएकी हुन् । 

    मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले वैशाख १२ गते संसद्को अधिवेशन आह्वान गर्ने निर्णय गरेको थियो । माग सम्बोधन गर्न अधिवेशन आह्वान गरेको जनाउँदै सरकारले आन्दोलनका कार्यक्रम स्थगित गर्न भनेको थियो । तर, शिक्षकहरूले आन्दोलन भने नरोक्ने जनाएका छन् । 

    शिक्षकहरूले आन्दोलनलाई निरन्तरता दिएपछि शिक्षामन्त्री भट्टराईले भिडियो सन्देशमार्फत शिक्षकहरूका मागलाई सम्बोधन गर्न सरकार प्रतिबद्ध रहेको स्पष्ट पारिन् । 

    ‘१५ दिनदेखि शिक्षकहरू सडकमा हुनुहुन्छ । हिजो (मंगलबार) बसेको मन्त्रिपरिषद् बैठकले शिक्षकहरूका मागलाई सम्बोधन गर्नेगरी केही निर्णयहरू गरेको छ । शिक्षकहरूले निरन्तर रूपमा भन्दै आउनुभएको विद्यालय शिक्षा विधेयक–२०८० संसद्को शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा निरन्तर छलफलमा रहिरहेको छ । यो विधेयकलाई छिटोभन्दा छिटो पारित गरियोस् भन्ने उहाँहरूको मागलाई सम्बोधन गर्दै मन्त्रिपरिषद् बैठकले वैशाख १२ बजे १ बजे त्यही विषयलाई समेत सम्बोधन हुनेगरी संसद्को बर्खे अधिवेशन आह्वान गरेको छ,’ उनले भनिन् । 

    शिक्षकहरूले ‘छिटो संसद् आह्वान गरेर आफ्ना विषयलाई सम्बोधन गरियोस्’ भन्ने गरेको विषयलाई लक्षित गर्दै उनले माग सम्बोधन भएको  बताएकी हुन् ।  

    ‘शिक्षकहरूसँग हामी निरन्तर संवादमा छौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको तर्फबाट सहजीकरण समिति निर्माण गरेर उहाँहरूसँग संवाद गर्नका लागि वातावरण बनोस् भनेर त्यही कार्यमा छौँ ।’ उनले भनेकी छन् । 

    आन्दोलनरत नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले ऐन हातमा नपर्दासम्म आन्दोलन नरोकिने प्रस्ट पारेका छन् । १५ दिनदेखि काठमाडौँका सडकमा प्रदर्शन गर्दै आएका शिक्षकहरूले अब निर्णायक मोडमा आइपुगेको जनाएका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, बैशाख ३ २०८२१२:२७:५४

    मिडिया डबली डेक्स

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend