आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

इजरायलको प्रस्ताव हमासले अस्वीकार गर्‍यो

इजरायलको प्रस्ताव हमासले अस्वीकार गर्‍यो

  • एजेन्सी
  • बुधवार, बैशाख ३ २०८२

  • 540
    SHARES

  • इजरायलको प्रस्ताव हमासले अस्वीकार गर्‍यो

    गाजामा छ हप्ताको युद्धविरामको बदलामा हतियार त्याग्नु पर्ने इजरायलको प्रस्ताव हमासले अस्वीकार गरेको छ । यो जानकारी एक जना वरिष्ठ प्यालेस्टिनी अधिकारीले दिएको भन्दै बीबीसीले समाचार छापेको छ । इजरायलको योजनामा युद्ध अन्त्य गर्ने कुनै प्रतिबद्धता नदेखाइएको ती अधिकारीले भनेका छन् । 

    हमासका मुख्य मागहरूलाई पनि यसमा सम्बोधन गरिएको थिएन । बदलामा, हमासद्वारा बन्धक बनाइएका आधालाई रिहा  गर्न भनियो । गाजामा इजरायलको सैन्य कारबाही जारी रहेको समयमा यो प्रस्ताव आएको हो । हालै, गाजाको खान युनिसमा रहेको एक फिल्ड अस्पतालमा हवाई आक्रमण भएको थियो । 

    यसमा एक सुरक्षा गार्डको मृत्यु भएको थियो भने नौ जना घाइते भएका छन् । यसैबिच, इजरायली सेनाले यसमा हमासका एक नेता मारिएको बताएको छ । युद्ध सुरु भएयताको १८ महिनामा गाजामा मानवीय अवस्था सबैभन्दा खराब अवस्थामा पुगेको संयुक्त राष्ट्र सङ्घको एक निकायले चेतावनी दिएको छ ।

     

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, बैशाख ३ २०८२०९:०९:५७

    एजेन्सी

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend