सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

यौन दुर्व्यवहार भोगेकी महिला आफ्नै घरमा मृत फेला

यौन दुर्व्यवहार भोगेकी महिला आफ्नै घरमा मृत फेला

  • मिडिया डबली डेक्स
  • बुधवार, बैशाख ३ २०८२

  • 843
    SHARES

  • यौन दुर्व्यवहार भोगेकी महिला आफ्नै घरमा मृत फेला

    सिरहा । चार महिनाअघि यौन दुर्व्यवहार भोगेकी सिरहाकी दलित महिला आफ्नै घरमा मृत फेला परेकी छिन्।

    सिरहाको नवराजपुर गाउँपालिका–३ स्थित जगतपुर दोनवारी टोलकी २४ वर्षिया आनन्दी देवी सदाय झन्डै ४ महिनाअघि गाउँकै दुई युवकबाट यौन दुर्व्यवहारमा परेकी थिइन्।

    उनका श्रीमान वैदेशीक रोजगारमा रहेका कारण २ वर्षकी छोरीसँग आनन्दीदेवी माइतीमा बस्दै आएकी थिइन्। मंगलबार मृत फेला परेकी आनन्दी देवीको शव परीक्षणका लागि लहानस्थित प्रादेशिक अस्पतालमा राखिएको छ। घटनाका विषयमा विस्तृत अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, सिरहाका प्रमुख प्रहरी उपरीक्षक अनन्तराम शर्माले बताए। 

    आनन्दी गत पुष ९ गते सिरहा बरियारपट्टी गाउँपालिका–१ मा बस्ने दिदिलाई भेट्न हिँडेको बखत स्थानीय २२ वर्षिय संजिव कुमार यादव र ३२ वर्षिय श्यामसुन्दर यादवबाट यौन दुर्व्यवहारमा परेको आरोप लागेको छ।

    घटनालगत्तै सोहीदिन इलाका प्रहरी कार्यालय, महेशपुर पतारमा जाहेरी दर्खास्त दिन खोजेपनि घटनाको अढाई महिनापछि फागुन २५ मा मात्रै प्रहरीले पीडकविरुद्ध जबर्जस्ती करणी उद्योगमा जाहेरी दर्ता गरेको गियो। 

    पीडकको पक्षबाट केही स्थानीयले घटना गाउँमै मिलाउन प्रयास गरेको उनकी आमा  बिल्टौन देवी सदायले बताइन्। 

    फागुन २६ मा आरोपितहरूविरुद्ध सिरहा जिल्ला अदालतबाट पक्राउ पुर्जी पनि जारी भएको छ। तर, उनीहरू फरार छन्। 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, बैशाख ३ २०८२०८:४६:०३

    मिडिया डबली डेक्स

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend