आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

ज्ञानेन्द्रले अझै गल्ती गर्न खोज्दैछन् : एमाले

ज्ञानेन्द्रले अझै गल्ती गर्न खोज्दैछन् : एमाले

  • मिडिया डबली डेक्स
  • सोमवार, बैशाख १ २०८२

  • 1.2K
    SHARES

  • ज्ञानेन्द्रले अझै गल्ती गर्न खोज्दैछन् : एमाले

    काठमाडौँ । नेकपा एमालेले पूर्वराजा ज्ञानेन्द्र शाहको अझै पनि गल्ती गर्न खोजिरहेको भन्दै उनको सक्रियताप्रति आपत्ति जनाएको छ ।  सोमबार बसेको सचिवालय बैठकमा पूर्वराजाको गतिविधिबारे छलफल हुनुका साथै उनको सक्रियताप्रति आपत्ति जनाएको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए । 

    ‘हिजोमात्रै पूर्वराजा ज्ञानेन्द्रको सन्देश भनेर जुन अभिव्यक्त आएको छ, त्यो अभिव्यक्ति हेर्दा अझैपनि राजतन्त्र फर्काउन सकिन्छ कि, अहिलेका उपलब्धीलाई पछाडि फर्काउन सकिन्छ कि भन्ने आशा र सक्रियता जीवितै रहेको पायौँ’, उनले भने, ‘त्यो एकदमै गलत कुरा हो । आपराधिक घटनालाई जनतामा आएको जागरण भन्नुभयो, लुटपाट, तोडफोड त्यस्तै जागरण हो भने त्यो आपत्तिजनक हो ।’

    बैठकले यसखालका कुनै पनि क्रियाकलाप नगर्न पूर्वराजालाई सचेत गराएको उनको भनाइ छ।  गणतन्त्र उल्ट्याउने प्रयासका साथ कसैले त्यस्तो गतिविधि गर्छ भने त्यो अस्वीकार्य हुने उनको भनाइ थियो ।

     

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, बैशाख १ २०८२०४:३२:५६

    मिडिया डबली डेक्स

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend