आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

तीनकुने घटनाबारे पूर्वराजा शाहको धारणा सार्वजनिक

तीनकुने घटनाबारे पूर्वराजा शाहको धारणा सार्वजनिक

  • मिडिया डबली डेक्स
  • आइतवार, चैत्र ३० २०८१

  • 645
    SHARES

  • तीनकुने घटनाबारे पूर्वराजा शाहको धारणा सार्वजनिक

    काठमाडौं । पूर्वाराजा ज्ञानेन्द्र शाहले तीनकुने घटनाबारे मुख खोलेका छन् । नयाँ वर्ष २०८२ को पूर्वसन्ध्यामा शुभकामना सन्देश जारी गर्दै शाहले चैत १५ गते भएको तीनकुने घटनाबारे आफ्नो धारणा सार्वजनिक गरेका हुन्।  

    शाहले यस अवसरमा भिडिओ सन्देशसमेत जारी गरेका छन् । राजसंस्था पुनर्स्थापनाको माग राख्दै तीनकुनेमा भएको आन्दोलनमा दुई जनाको ज्यान गएको थियो । शाहले उक्त घटनामाबारे आफू अत्यन्तै दु:खी भएको बताएका छन् ।

    ‘केही दिनअघि जनप्रदर्शनमा जुन प्रकारको हिंसा, आगजनी, तोडफोड भयो, त्यसबाट जस प्रकारको मानवीय एवम् भौतिक क्षति भयो, त्यो सुन्दा हामीलाई अत्यन्तै दु:ख लाग्यो,’ शाहले विज्ञप्तिमा भनेका छन् ।

    शाहले नागरिक स्तन्त्रताभन्दा ठूलो तन्त्र वा वाद हुँदैन भन्दै वास्तविक प्रजातन्त्र त्यहाँ हुन्छ जहाँ राम्रो नराम्रो जनगुनासो वा गुणगान सुन्ने परम्परा र संस्कार हुन्छ भनेका छन् ।

    ‘नेपाली जनतामा देश र भविष्यलाई लिएर जुन स्तरको जागरुकता पैदा भएको छ, त्यसलाई सकारात्मक रुपमा लिएका छौं,’ शाहले भनेका छन्, ‘वास्तवमा नेपाली जनतामा रहेको देशभक्तिपूर्ण भावना विश्वमै अनुकरणीय छ र अनुशरणीय छ।’

    शाहले विद्यमान जटिलताबाट मुक्त गराई शान्त, स्थित र समृद्ध मुलुक बनाउने जागरुकता पैदा भएको भन्दै नयाँ वर्ष २०८२ मा नेपाली जनताको चाहना अनुरुपको परिणाम हासिल हुने विश्वास थपिएको बताएका छन् ।

    ‘मुलुकमा व्याप्त अशान्ति, अराजकता, निराशा र असन्तुष्टिबाट आम नेपालीलाई मुक्त गर्न नेपालको राजसंस्थाले जहिले पनि योगदान पुर्‍याउँदै आएको विदितै छ,’ शाहले सन्देशमा भनेका छन्, ‘राष्ट्रियता र प्रजातन्त्रलाई मूल कार्य मान्दै जनभावना बमोजिम चल्ने बहुदलीय प्रजातन्त्र र संवैधानिक राजसंस्थाको परम्परामा हाम्रो मान्यता रहिआएको छ, वर्तमानमा बदलिँदो जनचाहनाकझ पनि कदर गरी राज्यशक्तिको स्रोत जनता नै हुन् भन्ने मन्जुरी सदैव स्थापित हुनु पर्दछ।’

    उनले विश्वभरि छरिरहेका नेपालीहरू एकताको सूत्रमा बाँधिन अब ढिला गर्नु हुँदैन भनेका छन् ।

    शाहले जनभावना र चाहना बुझी मुलुकको समग्र संरचनामा नै हेरफेर र सुधारको कदम चाल्नुपर्ने स्पष्ट देखिएको बताएका छन् ।

    उनले संसार धेरै अघि बढिसकेको भन्दै यो वा त्यो वादको चक्रब्युहमा नेपाली फसिरहेको बताए। उनले नेपाल आमालाई केन्द्मा राखेर विचार बन्नुपर्ने, कदम चल्नुपर्ने तथा हरेक समस्याको समाधान संवाद, सहमति, समन्वय र सहकार्यबाट हुनसक्ने बताएका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, चैत्र ३० २०८१०५:४६:०१

    मिडिया डबली डेक्स

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend