काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले अहिलेको संविधान सबैलाई मिलाएर अघि बढ्ने भएकाले कुनै पनि एउटा पार्टीको बहुमत आउन भने कठिन रहेको बताएका छन्।
आइतवार नेपाल मुस्लिम संघको इद मिलन तथा नयाँ वर्षको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले यस्तो बताएका हुन्।
उनले समावेशी संविधानकै कारण राज्यका हरेक निकायमा सबैलाई समेट्न सकिएको बताए। उनले सबैलाई मिलाएर अघि बढ्ने संविधान भएका कारण बताए।
‘नेपालको संविधान अत्यन्तै राम्रो संविधान छ। सबैलाई मिलाएर लाने संविधान छ। यसले कुनै पनि पार्टीको बहुमत आउन चाहिँ गाह्रो छ तर गाह्रो भएता पनि सबैलाई मिलाउन सक्ने यो संविधान छ। नेपालको संविधान पूर्णरुपमा समानुपातिक र समावेशी आधारमा छ‚’ उनले भने, ‘यसमा जनजाति, आदिवासी, मुस्लिम, थारु, मधेशी, महिला सबैको यसमा समावेशिता छ। त्यसैले अहिलेको संविधानले अत्यन्तै ठूलो र महत्वपूर्ण भूमिका खेलेको छ। हाम्रो पार्टीभित्र पनि सबैलाई समानुपातिक, समावेशी किसिमको हाम्रो विधान छ।’
उनले कांग्रेसमा मुस्लिम समुदायबाट राम्रो प्रतिनिधित्व रहेको बताए। कांग्रेसको विधान समावेशी समानुपातिक रहेको समेत उनको दावी छ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।