सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

बसको झ्यालबाट टाउको बाहिर निकालेकी किशोरी रहिनन्

बसको झ्यालबाट टाउको बाहिर निकालेकी किशोरी रहिनन्

  • मिडिया डबली डेक्स
  • शनिवार, चैत्र २९ २०८१

  • 762
    SHARES

  • बसको झ्यालबाट टाउको बाहिर निकालेकी किशोरी रहिनन्

    काठमाडौं । मुस्ताङबाट बेनीतर्फ आउँदै गरेको बसको झ्यालबाट टाउको बाहिर निकाल्दा गेटमा ठोक्किएर एक किशोरीको मृत्यु भएको छ। 

    गएराति करिब १० बजेतिर रा १ ख १६१३ नम्बरको बस म्याग्दीको बेनी नगरपालिका- ९ ,गलेश्वर स्थित धर्मशाला परिसर भित्र जाने क्रममा टाउको गेटमा ठोक्किएर सल्यानको त्रिवेणी गाउँपालिका-६,लवाङकी १५ वर्षीया सरस्वती ओलीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकारी सागर पौडेलले जानकारी दिए। 

    गम्भीर घाइते उनलाई बेनी प्रादेशिक अस्पतालमा उपचारका लागि पुर्‍याएलगत्तै चिकित्सकले मृत घोषणा गरेका थिए। उनको शव पोष्टमार्टमका लागि अस्पतालको शव गृहमा राखिएको छ भने बस चालक प्रहरी नियन्त्रणमा छन्।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, चैत्र २९ २०८१११:०७:२४

    मिडिया डबली डेक्स

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend