काठमाण्डौ । देशका विभिन्न ठाउँमा अहिले पनि पानी परिरहेको छ । दाङ, अछाम, दैलेख, कालीकोटलगायतका ठाउँमा पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार आज सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशलगायत देशको पहाडी भू–भागका थोरै ठाउँहरुमा तथा बाँकी भू–भागका एक–दुई ठाउँमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
देशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै ठाउँहरुमा हिमपातको समेत सम्भावना रहेको छ । यसबाट देशव्यापी रहीरहेको तुँवालो क्रमिक रुपमा कम हुने महाशाखाले जनाएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।