काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आन्दोलनरत शिक्षकहरूले आफ्नो मात्र हित हेरेर समस्याको समाधान नहुने बताएका छन्।
शुक्रवार नेकपा (एमाले)ले बुटवलमा गरेको सभालाई सम्बोधन गर्दै उनले शिक्षकहरू भावनामा बगेको उल्लेख गर्दै यसले समाधान नदिने बताएका हुन्। आफ्नो मात्र हित हेरेर नभई देशको आर्थिक अवस्था र राष्ट्रको क्षमता हेर्न महत्त्वपूर्ण रहेको उनको भनाइ छ।
उनले रोकिएको शिक्षा ऐनलाई उपयुक्त ढंगबाट ल्याइने बताए। उनले सरकार शिक्षकका समस्या समाधान गर्न चाहिरहेकाले शिक्षकहरूले बुझिदिनुपर्ने बताए।
प्रधानमन्त्री ओलीले भने‚ ‘शिक्षकहरू प्रदर्शनमा गइरहनुपर्ने थिएन। उपयुक्त ढंगले ऐन ल्याउँछौँ। आफ्नो मात्रै हित हेरेर हुदैन, राष्ट्रहित कसरी हुन्छ, राष्ट्रको क्षमता के छ? राष्ट्रको अहिलेको अर्थतन्त्रको स्थिति के छ र सरकारले के गर्न खोजिरहेको छ भन्ने कुरा बुझेर मात्र यस्ता कुराको समाधान खोज्नुपर्छ। भावनामा बगेर मात्र समस्या समाधान हुँदैन।’
मुलुकमा विद्यमान समस्याको समाधान गर्नकै लागि वर्तमान सरकार गठन भएको उनको दाबी छ। उनले एकजना कर्मचारी निकाल्दा राजनीतिक दलहरूले रुवाबासी गरेको टिप्पणी गरे।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।