आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

'तीनकुनेमा घटनाबारे पूर्वराजाले संसदीय समितिमा जवाफ दिनुपर्छ'

'तीनकुनेमा घटनाबारे पूर्वराजाले संसदीय समितिमा जवाफ दिनुपर्छ'

  • मिडिया डबली डेक्स
  • शुक्रवार, चैत्र २८ २०८१

  • 1.3K
    SHARES

  • 'तीनकुनेमा घटनाबारे पूर्वराजाले संसदीय समितिमा जवाफ दिनुपर्छ'

    काठमाडौं । नेपाली कांग्रेसका सांसद जीवन परियारले तीनकुनेमा भएको हिंसात्मक घटनाबारे सोधपुछ गर्न पूर्वराजा ज्ञानेन्द्र शाहलाई संसदीय समितिमा बोलाउन प्रस्ताव गरेका छन्।

    शुक्रवार सिंहदरबारमा बसेको कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा परियारले शाहलाई समितिमा राखेर तीनकुने घटनामा संलग्नता छ कि छैन भन्नेबारे प्रश्न गर्नुपर्ने बताएका हुन्। उनले फागुन २५ गते पोखराबाट फर्किने क्रममा नागरिकले शाहलाई गरेको स्वागत आवश्यक नभएको टिप्पणी गरे।

    परियारको भनाइमा, “हामी अहिले मानव अधिकार उल्लङ्घनको विषयमा छलफल गरिरहेका छौं भने फागुन २५ गते जनताले गरेको त्यो स्वागत जरुरी थियो कि थिएन? १५ गतेको घटनामा उहाँ संलग्न हुनुहुन्छ कि होइन भन्नेबारे विभिन्न विचार आउन थालेका छन्। त्यसैले उहाँलाई समितिमा बोलाएर सोध्नुपर्छ—तपाईं एउटा नागरिकको हैसियतले यस्तो घटना गर्न पाउनुहुन्छ?”

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, चैत्र २८ २०८१०४:४१:२५

    मिडिया डबली डेक्स

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend