आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

गृहमन्त्री लेखकले आज तीनकुने घटनाबारे संसदीय समितिमा जवाफ दिने

गृहमन्त्री लेखकले आज तीनकुने घटनाबारे संसदीय समितिमा जवाफ दिने

  • मिडिया डबली डेक्स
  • शुक्रवार, चैत्र २८ २०८१

  • 567
    SHARES

  • गृहमन्त्री  लेखकले आज तीनकुने घटनाबारे संसदीय समितिमा जवाफ दिने

    काठमाडौं ।  गृहमन्त्री रमेश लेखकले आज तीनकुने घटनाबारे संसदीय समितिमा जवाफ दिने भएका छन्। 

    विहान ११ बजे बस्ने कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा गृहमन्त्री लेखकलाई बोलाइएको छ। चैत १५ गते राजावादीहरुको प्रदर्शनका क्रममा प्रहरीले जथाभावी गोली चलाएको विषयमा सांसदहरुले गृहमन्त्रीको जवाफ मागेका थिए। 

    यस्तै आजै बस्ने सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा सार्वजनिक खरिद अनुगमन कार्यालयका पदाधिकारीहरूसँग छलफल गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ। बैठक बिहान ११ बजे बस्नेछ। 

    दिउँसो १ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ मा दफावार छलफल हुने कार्यसूचि रहेको सचिवालयले जनाएको छ। 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, चैत्र २८ २०८१०८:२५:०६

    मिडिया डबली डेक्स

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend