आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

दुर्गा प्रसाईं भारतमा पक्राउ

दुर्गा प्रसाईं भारतमा पक्राउ

  • मिडिया डबली डेक्स
  • बिहिवार, चैत्र २७ २०८१

  • 678
    SHARES

  • दुर्गा प्रसाईं भारतमा पक्राउ

    चैत १५ गते राजधानीको तीनकुनेमा हिंसा मच्चाएर भारत पुगेका दुर्गा प्रसाईं भारतमा पक्राउ परेको खबर बाहिरिएको छ । राजा फर्काउने,बैंकको ऋण नतिर्ने भन्दै सर्वसाधारणलाई उराल्दै आएका उनी पक्राउ परेको औपचारिक जानकारी प्रहरीले दिएको छैन ।

    प्रसाईंको सचिवालयले भारतको असाम राज्यको प्रहरीसमक्ष आत्मसर्पण गरेको जानकारी सामाजिक सञ्जालमार्फत दिएको छ । नेपाल प्रहरीले भने हालसम्म पक्राउ नपरेको उल्लेख गर्दै प्रसाईं रहेको पछिल्लो स्थानबारे जानकारी भएको बताएको छ ।

    नेपाल र भारतबीच सुपुर्दगी सन्धि नभएकाले पक्राउ परेकाहरुलाई औपचारिक रुपमा जानकारी नदिई हस्तान्तरण गर्ने चलन छ । सम्भवतः प्रसाईंको हकमा पनि भोलि त्यस्तै हुनेछ ।

    उता भारतीय अधिकारीहरुले प्रसाईं लाई पक्रेर अनौपचारिक रुपमा बुझाउँदा नेपालसँग सम्बन्ध सुधार्ने उपयुक्त अवसरको रुपमा लिएका छन् । यसबाट राजावादीहरुलाई भारतको समर्थन नरहेको सन्देश दिन मौका पनि मिल्ने छ । प्रसाईंविरुद्ध राजकाजसहित संगठित अपराधको मुद्दा आकर्षित हुने प्रहरी स्रोतले बतायो । तीनकुने,कोटेश्वर र सिनामंगल क्षेत्रमा चैत १५ गते भएको तोडफोड र आगजनीमा ४६ करोड रुपैयाँ क्षति भएको हिसाब छ । उक्त क्षति प्रसाईंबाटै पुर्ताल गराउन अदालतसमक्ष माग गरिने छ ।

    यसअघिका मुद्दामा अदालतमा उपस्थित गराउँदा प्रसाईंले इजलाससमक्ष जिब्रो देखाउँदै आफूलाई क्यान्सरले छोएको बताएर सहानुभूति बटुल्ने गरेका थिए । क्यान्सर रोगी भन्ने बित्तिकै न्यायाधीशहरुले दयाभाव राख्ने गरेकाले उनी पटक पटक धरौटीमा छुट्ने गर्दथे ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, चैत्र २७ २०८१११:४६:१३

    मिडिया डबली डेक्स

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend