सल्यान। बुधबार रातीको हावाहुरीले सल्यानमा विद्यालय तथा घरको छाना उडाएको छ । जिल्लाको शारदा नगरपालिका वडा नम्बर ८ स्थित त्रिभुवन जन माध्यमिक विद्यालय मार्केको छाना उडाएको विद्यालयले जनाएको छ ।
दुई कोठे विद्यालय भवनको छाना हावाहुरीले उडाएपछि कक्षाकोठामा आंशिक क्षती पुगेको र पठनपाठनमा समेत असर पर्ने भएको हो ।
विद्यालय संगै गाउँका केही घरमा पनि हावा हुरीले क्षति पुर्याएको जानकारी आएको भन्दै वडा अध्यक्ष लक्ष्मण बुढाथोकीले क्षतिको विवरण संकलन भइरहेको जनाए ।
विद्यालयको छाना तत्काल मर्मतका लागि नगरपालिकामा पहल गर्ने उनको भनाई छ । स्थानीयवासीका अनुसार हावाहुरीसँगै केही समय वर्षा पनि भएको थियो ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।