आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

आइजीपी थापा एमालेको युवा संघको सहअध्यक्ष भएको आरोप

आइजीपी थापा एमालेको युवा संघको सहअध्यक्ष भएको आरोप

  • मिडिया डबली डेक्स
  • मंगलवार, चैत्र २५ २०८१

  • 1.6K
    SHARES

  • आइजीपी थापा एमालेको युवा संघको सहअध्यक्ष भएको आरोप

    काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले प्रहरी प्रमुख आइजीपी दीपक थापा सत्तारुढ दल नेकपा एमालेको भ्रातृ संगठन युवा संघको सहअध्यक्ष भएको गम्भीर आरोप लगाएका छन्।

    उनले प्रहरीले नै म्याद नाघेको अश्रुग्याँस प्रहार गरेको दावी गरे। उनले दुर्गा प्रसाईंले ल्याएर हान्यो म्याद गुज्रेको अश्रुग्याँस भनेर प्रचार गरिएको बताए। 

    मंगलवार काठमाडौँको बल्खुमा पार्टीले आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै अध्यक्ष लिङदेनले गत चैत १५ गते काठमाडौँको तीनकुनेमा भएको घटनाको जिम्मेवार प्रधानमन्त्री, गृहमन्त्री र प्रहरी प्रमुख रहेको टिप्पणी गरे।

    उनले देश गणतन्त्रवादीहरूको मात्र नभई राजा आउनुपर्छ भन्नेहरूको समेत भएका कारण अफवाह फैलाउने काम नगर्न सञ्चार गृहहरूलाई आग्रह गरे।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, चैत्र २५ २०८१०५:५४:०५
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend