काठमाडौं । भारतको सर्वोच्च अदालत र नेपालको सर्वोच्च अदालतबीच द्विपक्षीय सहयोग सम्झौतामा हस्ताक्षर भएको छ ।
भारतका प्रधान न्यायाधीश सञ्जीव खन्ना र नेपालका प्रधान न्यायाधीश प्रकाश मान सिंह राउतको उपस्थितिमा उक्त सम्झौतामा हस्ताक्षर भएको हो ।
उक्त परस्पर सहयोग सम्झौतामा हस्ताक्षरका क्रममा भारत सरकारका विधि एवम् न्याय मन्त्रालय (स्वतन्त्र प्रभार) का राज्यमन् अर्जनु रम्मेघवाल पनि उस्थित थिए ।
यो न्यायिक सहयोग समझौता पत्रअनुसार प्रशिक्षण र क्षमता निर्माण, नियमित अनुभव आदान-प्रदान र दुई पक्षबीच उत्कृष्ट अभ्यास पनि साझा गरिने भउको छ ।
दुवै पक्षबीच बलियो न्यायिक सहयोगलाई अझै मजबुत बनाउनका लागि एक संस्थागत संरचना पनि तयार गर्ने सहमति भएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।