आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

रवि लामिछाने रुपन्देही कारागार चलान

रवि लामिछाने रुपन्देही कारागार चलान

  • मिडिया डबली डेक्स
  • सोमवार, चैत्र २४ २०८१

  • 1.4K
    SHARES

  • रवि लामिछाने रुपन्देही कारागार चलान

    काठमाडौं ।  पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई आज जिल्ला कारगार भैरहवा पुर्‍याइएको छ। शुक्रबार काठमाडौंस्थित निवासबाटै पक्राउ गरिएका लामिछानेलाई आज भैरहवा कारगार पुर्‍याइएको हो।

    शुक्रबार उनलाई हजाजमार्फत गौतमबुद्ध विमानस्थल अवतरण गराई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको थियो। आज बिहान कार्यालय खुलेपछि सबै अदालती प्रक्रिया पुर्‍याएर कारागार पठाइएको जिल्ला प्रहरी  कार्यालय  रुपन्देहीका सूचना अधिकारी डिएसपी सुरज कार्कीले जानकारी दिए।

    लामिछाने अर्को आदेश नआउँदासम्म भैरहवा कारागारमै रहने उनले बताए। सोही सहकारी प्रकरणमा मुछिएका पूर्वडिआइजी छविलाल जोशी पनि भैरहवा कारागारमा रहेका छन्।

     

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, चैत्र २४ २०८१०१:११:३७

    मिडिया डबली डेक्स

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend