सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

आज विश्व स्वास्थ्य दिवस

आज विश्व स्वास्थ्य दिवस

  • मिडिया डबली डेक्स
  • सोमवार, चैत्र २४ २०८१

  • 750
    SHARES

  • आज विश्व स्वास्थ्य दिवस

    काठमाण्डौ । आज विश्व स्वास्थ्य दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । विश्व स्वास्थ्य सङ्गठनको स्थापना दिवसको अवसरमा हरेक वर्ष अप्रिल ७ का दिन विश्व स्वास्थ्य दिवस मनाउने गरिन्छ ।

    दिवसको यो वर्षको नारा ‘स्वस्थ शुरुवात, समृद्ध भविष्य’ रहेको छ । दिवसको अवसरमा मातृ तथा नवजात शिशु स्वास्थ्यलाई केन्द्रित गर्दै आज वर्षव्यापी अभियानको शुभारम्भ गर्ने कार्यक्रम छ ।

    स्वस्थ शुरुवात, समृद्ध भविष्य भन्ने मूल नारासहित यस अभियानले सरकार र स्वास्थ्य क्षेत्रमा कार्यरत सरोकारवालालाई मातृ तथा नवजात शिशु मृत्यु न्यूनीकरणका लागि प्रयासहरू तीव्र बनाउन र महिलाको दीर्घकालीन स्वास्थ्य तथा आरोग्यतालाई प्राथमिकता दिन आग्रह गर्छ ।

    यस अवसरमा, विश्व स्वास्थ्य सङ्गठन तथा साझेदार संस्थाहरूले स्वस्थ गर्भावस्था, सुरक्षित प्रसूति तथा सुत्केरीपछिको स्वास्थ्य प्रवर्द्धन गर्न सन्देशमूलक जानकारीहरू प्रदान गर्नेछन् ।

    सन् १९४८ मा विश्व स्वास्थ्य सङ्गठनको स्थापना भएको पाँच वर्षपछि सन् १९५३ मा नेपाल सदस्य राष्ट्र बनेको थियो ।

    जनस्वास्थ्य क्षेत्रमा नेपालले हासिल गरेका सफलताहरूको स्मरण गर्नुको साथै वर्तमान र भविष्यका स्वास्थ्य चुनौतीहरूको सम्बोधन गर्न स्वास्थ्य प्रणालीलाई अझै सुदृढ बनाउने अवसरको रुपमा पनि यस दिवसलाई लिइएको छ । 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, चैत्र २४ २०८१०९:३०:३०
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend