सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

भरुवा बन्दुकसहित दुई जना पक्राउ

भरुवा बन्दुकसहित दुई जना पक्राउ

  • मिडिया डबली डेक्स
  • सोमवार, चैत्र २४ २०८१

  • 867
    SHARES

  • भरुवा बन्दुकसहित दुई जना पक्राउ
    फाइल तस्बिर

    विराटनगर । मोरङको केराबारीबाट प्रहरीले ३ नाल भरुवा बन्दुकसहित दुई जनालाई पक्राउ गरेको छ । आइतबार साँझ वन्यजन्तु चोरीसिकारीमा संलग्न समूहका २ जनालाई पक्राउ गरेको हो ।

    मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीका अनुसार केराबारी गाउँपालिका–८ स्थित आमजुंगी सामुदायिक वनमा वन्यजन्तुको सिकार गर्न गएको अवस्थामा केराबारी–८ का ४४ वर्षीय मणिराज याक्खा र ३४ वर्षीय डिल्लीकुमार कार्की पक्राउ परेका हुन् । प्रहरीका अनुसार केराबारी–८ का ३५ वर्षीय धनबहादुर लिम्बू भने फरार छन् ।

    पक्राउ परेकाहरुको साथबाट ३ नाल भरुवा बन्दुक बरामद भएको डीएसपी जोशीले जानकारी दिए ।

    उनीहरुलाई हातहतियार खरखजाना मुद्दा चलाउने प्रहरीको तयारी छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, आश्विन १२ २०७७१०:०२:५०
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend