आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

कुलमानलाई कार्यकारी राष्ट्रपति बनाउ भन्दै सडकमा उत्रिएए जनता

कुलमानलाई कार्यकारी राष्ट्रपति बनाउ भन्दै सडकमा उत्रिएए जनता

  • मिडिया डबली डेक्स
  • आइतवार, चैत्र २३ २०८१

  • 1.5K
    SHARES

  • कुलमानलाई कार्यकारी राष्ट्रपति बनाउ भन्दै सडकमा उत्रिएए जनता

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको व्यक्तिगत अडान र राजनीतिक प्रतिशोधका कारण नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङको पुनर्बहाली रोकिएको आरोपसहित आज काठमाडौंमा नागरिक आन्दोलित बने। माइतीघर मण्डलाबाट सुरु भएको प्रदर्शनले नयाँ बानेश्वरसम्म पुर्‍याउँदै सरकारप्रति कडा असन्तोष व्यक्त गर्‍यो।

    प्रदर्शनकारीहरूका अनुसार, प्रधानमन्त्री ओलीले कुलमान घिसिङको सफल नेतृत्वलाई स्वीकार्न नसकेर पुनर्नियुक्ति रोक्ने निर्णय गरेका हुन्। उनीहरूको आरोप छ कि ओली सरकारले व्यक्तिगत ईगोका कारण एउटा सक्षम र देशका लागि योगदान पुर्‍याएको व्यक्तिलाई हटाएर संस्थागत सफलतालाई कमजोर बनाएको छ।

    ‘लोडसेडिङ अन्त्य गर्ने नेतृत्वलाई हटाउने सरकारको निर्णय राष्ट्रघात हो’ भन्ने प्लेकार्डसहित प्रदर्शनकारीहरू सडकमा उत्रिएका थिए। उनीहरूले प्रधानमन्त्री ओलीको नेतृत्वमा संस्थाहरूको क्षमताभन्दा व्यक्तिको नाफा घाटाको हिसाबले निर्णय भइरहेको भन्दै चिन्ता व्यक्त गरे।

    प्रदर्शनमा युवा, पेशाकर्मी, विद्यार्थी र नागरिक समाजका प्रतिनिधिहरूको उल्लेख्य उपस्थिति थियो। उनीहरूले कुलमान घिसिङलाई पुनः कार्यकारी निर्देशकमा नियुक्त गर्न सरकारलाई दबाब दिने चेतावनी समेत दिएका छन्।

    सरकार, विशेषतः प्रधानमन्त्रीको अडानका कारण एउटा राष्ट्रव्यापी ऊर्जा सुधार अभियान अधुरो बन्ने खतरा देखिँदैछ। प्रदर्शनले देखाएको जनदबाबले यो विषय अझ चर्किंदै जाने प्रष्ट संकेत गरेको छ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, चैत्र २३ २०८१०८:१७:३७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend